Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

२४ घण्टामा ३ सय ८५ जनामा काेराेना पुष्टि, २ सय ५८ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार तीन सय ८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ सय १७ जना पुगेको छ ।

यही अवधिमा थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय ६९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ७१ हजार चार सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ७९ लाख ५२ हजार तीन सय ८६ जना पुगेको छ । ९१ लाख ४५ हजार चार सय ८० जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले आज साेमवारदेखि देशभर नै १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यसअघि लक्षित वर्गको आधारमा खोप लगाउने गरिएको थियो । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका लागि काठमाण्डौ उपत्यकासहित प्रदेशस्तरमा रहेका २४ वटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP