Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुको कृष्णनगरमा उपमेयर र कर्मचारी विच विवाद

दिपक के.सी.
कपिलवस्तु चैत्र ६
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपमेय र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।


विकास निर्माणका कामको टेण्डर इविल्डीङ्ग र पत्रपत्रिकामा सुचना प्रकाशन गरी प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीले बताए । सबै प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरेको र सोही टेण्डर खोल्ने क्रममा उप मेयरलाई कुनै जानकारी नदिई टेण्डर खोल्न लागेको भन्दैे विवाद संगै आफु माथी हातपात भएको चौधरीले बताए । हातपात नै भए पछि प्रहरीलाई बोलाएर सुरक्षित भएको उनले बताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृतले आफुमाथी हातपात भएको भन्दै प्रेस विज्ञप्ती समेत निकालेका छन । निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरी द्धारा हस्ताक्षरित विज्ञप्तीमा विहिबार दिउँसो १२ः४५बजेको समयमा आफु माथी कार्यकक्षमा नै सोझै हातपात भएको कार्यालयमा सौहाद्र वातावरण र कर्मचारीको सुरक्षा नभए सम्म सम्पूर्ण कामकाज रोक्का गरिएको जनाएका छन ।
यता उप मेयर शबनम खातुनका प्रतिनिधीले उप मेयरलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा सामान्य विवाद भएको तर हातपात नभएको बताए । उप मेयरका प्रतिनिधी उनका श्रीमान तुफेल खानले नगरमा हाल सम्म कुनै विकास निर्माणको काम नै नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको ,योजनाका कामहरुको उपमेयरको अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत ,इन्जीनियर लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए । विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो । विवादका कारण विहिबार खुल्नु पर्ने सोहि टेण्डर खोलिएको छैन ।
नगर प्रमुख रजत शाहले भने आफु कार्यालयमा नभएको तर घटना बारे जानकारी पाएको बताएका छन । काठमाण्डौ रहेका नगर प्रमुख शाहले आफु आए पछि सत्य तथ्य वुझि घटनाका दोषीलाई कारबार्हि गरिने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP