Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरको ३ मा दुई कोठे भवनको शिलन्यास

विजयनगर,
विजयनगर गाउँपालिकाको वडा ३ पत्थरदेइयामा रहेको हनफिया रजवीया सदरसामा शुक्रवार एक कार्यक्रम विच २ कोठे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले आज सो भवनको शिलन्यास गर्नु भएको हो ।

गाउँपालिकाको १६ लाखको सहयोगमा भवन बन्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद मुस्तफा बढईले जानकारी दिनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले भवनको शिलन्यास गर्दै हरेक विद्यालयमा भौतिक पूर्वाधार अन्तर्गत भवनको अभाव हुन नदिन गाउँपालिकाले प्राथमिकताका साथ अगाडी बढाएको बताउनु भएको छ ।

भौतिक पुर्वधारलाई व्यवस्थित गर्दै शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिने चौधरीले दावी गर्नुभयो । यस्तो किसिमको भवन मदरसा सहित ७ ओटा विद्यालयमा भवन बनाईने उहाँले बताउनु भयो ।
उहाँले मदरसामा छात्राका लागि सिलाइ कटाई मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद मुस्तफा बढई, वडाध्यक्ष बुद्धिराम अर्याल, समाजसेवी, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP