Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

दाङ : दाङमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। एक जनाको कोइलाखानीमा च्यापिएर तथा अर्का एकको स्कुल बसको ठक्करबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार कोइलाखानीमा च्यापिएर मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१९ का ४६ वर्षीय भक्तबहादुर घर्ती छन्। घोराही उपमहानगरपालिका–१ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगको सुरुङभित्र सोमबार मध्यान्ह १२ बजेतिर घर्ती च्यापिएर घाइते भएका थिए।

घाइते घर्तीको उपचारको क्रममा दिउँसो करिब सवा ३ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

त्यस्तै स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगेराका रोहित पाण्डेका दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब साढे १० बजेतिर जन्द्रागाउँदेखि विद्यार्थी लिएर अगेरातर्फ आउँदै गरेको बबई स्टार लिटिल  बोडिङ  स्कुलको ना ३ खा ९९९३ नम्बरको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP