Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

तीन दिनदेखि हराएकी २१ महिने बालिकाको शव खाल्डोमा भेटियो

विराटनगर : मोरङको रङ्गेली नगरपालिका–२ मा एक बालिकाको शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ। आइतबारदेखि बेपत्ता २१ महिने बालिका निशा उराउ(युनिशा)को शव मंगलबार दिउँसो घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो। उनी आइतबारबाट बेपत्ता भएको बालिकाका बुवा चन्द्र उराउले बताए।

मंगलबार घरदेखि करिब ६० मिटर टाढा रहेको पैनीमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। शव फेला परेको खाल्डो भर्खरै खनिएको जस्ता देखिने चन्द्रले बताए।

उनले भने,‘हिजो बेलुकासम्म खाल्डो थिएन, आज बिहान खाल्डो देखियो, खोतालेर हेर्दा छोरीको कपडा र शव भेटियो।’ बालिकाको घर नजिकै पोखरी र सुनसरी मोरङ सिँचाई आयोजनाको शाखा(पैनी) नहर  रहेकाले पानीमा डुबेको आशंकामा आइतबार र सोमबार बालिकाको खोजी गरिएको थियो। तर मंगलबार घर नजिकैको पैनीमा आलो खाल्डो देखिएपछि आफन्तले खोतालेका थिए।

खाल्डोमा बालिकाको कपडा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खाल्डोबाट बालिकाको शव निकालेको छ। बालिकाको शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए।

‘घरमा कोही नभएको समय घरबाट बालिका हराएको रहेछ, खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात घटना स्थलमा प्रहरी पुगेर बालिकाको शवलाई कोसी अस्पतालमा पठाएको छ,’ उनले भने,‘घटनाको थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP