Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाण्डाै – आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने  यो प्रणालीको असर खासै नदेखिने मौसमविद्ले बताएका छन्  ।

यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि पनि कर्णाली र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी  पर्ने अनुमान गरिएको छ । भोलि बेलुकादेखि भने यो प्रणालीको  प्रभाव हट्ने मौसमविद्ले बताएका छन् । यस्तै,  काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसाे घाम लाग्ने मौसमविद्ले बताएका छन्  । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP