Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहाेस् : दूरसञ्चार प्राधिकरण

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकले सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराइ लागू गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवा शुल्क र महशुलदर सर्तअनुसार अनिवार्य प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने जनाएको छ । साथै सेवा शुल्क र महशुलदर स्वीकृत भएको मिति समेत उल्लेख गरी लागू गर्नुपर्नेतर्फ सचेत गराएको छ ।

प्राधिकरणले सूचना निकालेर कतिपय इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट सेवाको शुल्क र महशुलदर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको उल्लेख गरेको छ । साथै उपभोक्ताले आफूले प्रयोग गरेको सेवाको महशुलदर प्राधिकरणबाट स्वीकृत भए/नभएको बुझेर भुक्तानी गर्न पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP