Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

नवलपरासी : प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ। गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियो।

लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले बताए। रेस्टुरेण्टको स्थापनासँगै गिद्धको संख्या बढेको जानकारी दिँदै उनले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताए।

दुई दशकयता गिद्ध घट्ने क्रम बढिरहेको अनुसन्धानले देखाएको छ। गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन्। पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्याधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समस्या थपिने गरेको छ।

अध्ययनअनुसार डाइक्लोफेनेकको प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको छ। औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन्। नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन्। हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मंगोलियाबाट आउँछन्। राज गिद्ध पाकिस्तान एवं किर्गिस्तानबाट आउने गरेका छन्।

संख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको संख्या १० हजार, डङ्गोर र सेता गिद्धको संख्या दुई हजार रहेको छ। त्यस्तै‚ नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच/पाँच सयको संख्यामा पाइन्छ। नेपालमा पाइने सानो खैरो गिद्धको संख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको अध्ययनले देखाएको छ।

बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन्। गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो। गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन्। पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको संरक्षणकर्मी चौधरीको भनाइ छ।

आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताएर। १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने काममा आफू लागिरेहको बताउँदै नेपालीले यिनीहरूको संरक्षण पर्यावरण जोगाउननका लागि पनि आवश्यक भएको बताए।

विभिन्न अनुसन्धाता जटायु रेष्टुरेण्टमा पुगी गिद्धका क्रियाकलापको अवलोकन गर्ने गरेको बताउँदै उनले संरक्षणसँगै यो स्थललाई पर्यटनसँग जोड्ने प्रयास गरिएको बताए। सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा संरक्षण गर्नु जरुरी रहेको नेपालीको भनाइ छ।

पछिल्ला समयमा गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा यस्ता रेष्टुरेण्ट स्थापना गरिएका छन्। नवलपरासीको जटायु रेष्टुरेण्टमा उमेर पुगेका र छाडा चैपायाको संरक्षण पनि गर्ने गरिएको छ। यहाँ राखिएको गौशालामा किसानबाट उमेर पुगेका, अशक्त, बेकामी गाईवस्तु संकलन गरी पालनपोषण गर्ने गरिएको छ। गाईगोरुको प्राकृतिक मृत्युपछि गिद्धको आहारका लागि निश्चित स्थानमा राखिने र त्यहाँ गिद्ध आएर खाने गर्दछन्। गिद्धको आनीबानी नजिकबाट लुकेर अवलोकन गर्नका लागि पर्यटक अवलोकन घर पनि बनाइएको उनले जानकारी दिए।

नवलपरासीको जटायु रेष्टुरेण्टलाई पर्यापर्यटन एवं चरा पर्यटनमा रुची राख्नेका लागि जानै पर्ने गन्तव्यका रुपमा विकास गर्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए। नेपाल पर्यटन बोर्डले पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर स्वर्ण त्रिकोणको अवधारणाका साथ पर्यटन प्रवर्द्धन गर्न लागेको उल्लेख गर्दै उनले यस आसपासमा जोडिएका जटायु रेष्टुरेण्ट जस्ता धेरै गन्तव्यलाई समेट्न सकिने बताए।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP