Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोनाकाे त्रास: शहर तर्के गाउँ फर्के

दिपेन्द्र खत्री÷

कोरोना भाइरसको त्रासका कारण शहरबजार रित्तिएसँगै मालारानी गाउँपालीकाकाे बस्तीहरूमा चहलपहल बढेको छ । रोजगार र अध्यनका लागि गाउँघर छोडेका मानिसहरू भाइरसको त्रासले शहर छाडेपछि गाउँ घरमा चहलपहल बढेको हो । केही दिन अघिसम्म सुनसान देखिएको डाँडाकटेरी क्षेत्रमा चहलपहल बाक्लो भएको मालारानी गाउँपालीका वडा नः२ का वडा अध्यक्ष विस्णु प्रसाद भुसाल (विनाेद) ले बताउनुभयो ।

दशैं तिहार जस्ता चाडपर्वमा पनि हुन नसकेको भेट कोरोना त्रासले भएकाे देखिन्छ ।दशैं तथा तिहार जस्ता महान चाडपर्वले समेत गाउँ नर्फकाएकाहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले गाउँ फर्काएको छ । भूकम्प र चाडबाडको बेलाजस्तै मानिसहरू गाउँ फर्किरहेकाे मालारानी गाउँपालीका स्थानीय वासिन्दा देव राज खत्रीले बताउनुभयो । गाउँ घरमा जनशक्ति नभएपछि कयौं रोपनी खेतबारी बाँझै छ । युवा जनशक्ति गाउँ फर्किएसँगै यस वर्ष ति बाँझा खेतबारीमा अन्न बाली लगाउन सकिने बुढापाकाहरूको विश्वास छ ।

कोरनाको कारण विश्वमा आर्थिक क्षेत्रमा ठूलो संकट आउने आँकलन गरिएको बेला गाउँ फर्किएका युवाले कृषि र अन्य सम्भावनालाई पक्रन सके यसको प्रभाव सकारात्मक हुने मालारानी गाउँपालीकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ले बताउनुभयाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP