Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु, १२ जना घाइते

झापा : घरमा आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ।  विस्फोटमा परी १२ जना घाइते भएका छन्।

मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर २० मिनेटमा आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।

उक्त घरमा रामेछाप जिल्ला घर भई हाल मेचीनगरमा भाडामा बस्दै आएको कुमार पाण्डे भाडामा बस्दै आएका थिए। आगलागी भएपछि स्थानीयवासी आगो निभाउने पुगेका थिए।

सोही क्रममा कोठाभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा मेचीनगर ८ निवासी ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए। उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारीमा पुर्‍याए लगत्तै मृत्यु भएको थियो।

त्यस्तै विस्फोटमा परी मेचीनगर ७ निवासी ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ निवासी २९ वर्षीय गोविन्द प्रसाद राजवंशीलाई, मेचीनगर ७ निवासी बस्ने ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानी शङ्कर न्यौपाने, मेचीनगर ८ निवासी ३४ वर्षीय हरि विक, सोही ठाउँका अर्जुन अधिकारीको ८ बर्षीया छोरी सुशीला अधिकारी र  मेचीनगर ७ निवासी ३६ वर्षीय निर्मल शर्मा घाइते भएका छन्।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता घरमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको डिएसपी दाहालले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP