Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

आजको मौसम : सबै प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भएको छ। शुक्रबार  देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । 

प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

शनिबार देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  देखी पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा  मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP