Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कलेजो जाँच गराउने आउनेमध्ये आधा प्रत्यारोपण गर्नुपर्ने बिरामी

चितवन : कलेजो प्रत्यारोपण गर्दै आइरहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कलेजोको जाँच गर्नेमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या देखिएको छ। अस्पतालका अनुसार दैनिक २५ जनाको हाराहारीमा कलेजकाको बिरामी आउने गरेको र तीमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन्।

कलेजो उपचारमा संलग्न डा. सागर पौडेलले भने, ‘हामीकहाँ दैनिक २५ जनाको हाराहारीमा ओपिडीमा चेकजाँचको लागि आउनु हुन्छ। तीमध्ये १२, १३ जनाको प्रत्यारोपण गर्नुपर्ने देखिएको छ।’

अस्पतालले गत चैतदेखि कलेजो प्रत्यारोपणको सेवा दिन थालेको हो। हालसम्म ६ जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको छ। हाल तीनजनाको प्रक्रिया अघि बढेको डा. पौडेलले बताए। ‘तीनजना प्रत्यारोपणको पाइपलाइनमा हुनुहुन्छ‚’ उनले भने, ‘ती सबै साना उमेरका छन्।’

पौडेलका अनुसार पछिल्लो समय वंशाणुगतका कारण पनि बालबालिकाहरुमा कलेजोको समस्या हुने गरेको छ। अस्पतालले गरेको कलेजो प्रत्यारोपणमा ९० प्रतिशत सफल प्रत्यारोपण भएको दाबी गरेको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यो उपचार पद्धति जटिल र महँगो भएकाले सबैको पहुँचमा र सबैले उपचार गर्न नसकेको बताए।

अस्पतालले चैतदेखि हालसम्म नेपालमा सबैभन्दा बढी संख्यामा कलेजो प्रत्यारोपण गरेको दाबी गरेको छ। ‘हामीले १० महिनाको अवधिमा ६ जनाको सफल कलेजो प्रत्यारोपण गरेका छौं‚’ अस्पतालका अध्यक्ष डा. हरिश न्यौपानेले भने, ‘काठमाडौंमा टिचिङ र भक्तपुरमा गरी एक वर्षमा ६ वटा कलेजो प्रत्यारोपण भएको छ।’

अघिल्ला वर्षहरुमा कलेजो प्रत्यारोपण गर्न विदेश जानुपर्ने र शुल्क अत्यधिक महँगो तिनुपर्ने बाध्यता रहेको भन्दै न्यौपानेले नेपालमा सस्तो उपचार गर्न सकिएको बताए। ‘भारत लगायत अन्य देशमा उपचार गर्न जाँदा झण्डै यहाँको करिब तेब्बर खर्च लाग्ने गर्छ‚’ उनले भने, ‘यो अस्पतालमा प्रत्यारोपण शुल्क १५ लाख मात्र लिने गरेका छौं।’ यसबाहेक उपचारमा लाग्ने औषधि र अन्य शुल्क गरी थप १० लाग्ने उनले बताए।

यो अस्पतालमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार र डा. रमनसहितको टिमले कलेजो प्रत्यारोपणको काम गर्दै आएको छ। 

नेपालमा कलेजो प्रत्यारोपण उपचारमा नेपालको कानुन उपचारमैत्री नभएका कारण चुनौती भएको चिकित्सकको भनाइ छ। डा. न्यौपानेले भने‚ ‘मुख्य गरी आर्थिक कारण, डोनर सहज नपाउनु, ब्ल्ड ग्रुप म्याच नहुनु हो।’

सरकारले मिर्गौला प्रत्यारोपणको लागि सरकारले प्रतिव्यक्ति पाँच लाख उपलब्ध गराउँदै आए पनि कलेजो प्रत्योरोपणको लागि सहुलियत नहुँदा बिरामीहरुले उपचार गर्न सहज नभएको उनको भनाइ छ। कलेजो प्रत्यारोपण गर्नुपर्ने विरामीको समयमा प्रत्यारोपण गर्न नपाए उनीहरुको एकदेखि दुई वर्षभित्र मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्। कलेजो प्रत्यारोपणको लागि स्वस्थ मानिसको ६० देखि ७० प्रतिशत कलेजो निकालेर बिरामीलाई प्रत्यारोपण गरिन्छ।

अस्पतालले पुस ४ गते कैलाली जिल्ला धनगढी उपनगरपालिका-१९ का ३८ वर्षीय जीवन पुजराको सफल कलेजो प्रत्यारोपण गरेको जानकारी दिएको छ। प्रत्यारोपणका लागि उनकै ३२ वर्षीय भाइले कलेजो दान गरेका थिए। उनीहरुको दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको र डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP