Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रवार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।”

चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले उहाँका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।

यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रवार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेसनमा बस्नुहुने उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP