Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

माओवादी नेताहरूलाई कोरोना, सत्ता गठबन्धनका शीर्ष नेता ‘कन्ट्याक्ट ट्रेसिङ’मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई कोरोना पुष्टि भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन्। 

अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरूमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। 

माओवादीको महाधिवेशनमा सहभागी भएका नेताहरूलाई कोरोना संक्रमण देखिएपछि छ।

सत्ता गठबन्धनका नेताहरू रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। 

प्रचण्डको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले आजै मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्रीले ओलीसँग भेटवार्ता गरेका हुन्।  

ओलीलाई भेटेर फर्केपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा बसेका छन्। प्रचण्डको कन्ट्याक्ट ट्रेसिङमा परेकाले देउवा आइसोलेसनमा बसेका हुन्।

पुस ११-१८ सम्म भएको महाधिवेशनमा सहभागी भएका शीर्ष नेताहरूलाई कोरोना पुष्टि भएपछि सबै प्रतिनिधिहरूलाई कोरोना परीक्षण गराउने भनेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। 

माओवादी नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, युवा नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध शेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डे लगायतलाई पनि संक्रमण भएको छ। 

माओवादी केन्द्रका नेतासहित केही दिनअघि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका केही कर्मचारी र क्यान्टिन सञ्चालकलाई कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP