Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

मधेसी महिलाबाट सिंह पहिलो डिआइजी : गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

काठमाडौं -गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । 

‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ’, काँग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।’

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय छिन् । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहलाई प्रहरी डिआइजीमा बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह  यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्।

सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्। सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। सिंहले महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP