Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

गएको साउनदेखि मङ्सिरसम्ममा मूल्य वृद्धि सात प्रतिशत नाघ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको मङ्सिर महिनामा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ ।

बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मङ्सिरसम्ममा रेमिट्यान्स ६ दशलमव आठ प्रतिशतले घटेको छ । मङ्सिरसम्म तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा रेमिट्यान्स वृद्धि दर सात दशमलव ५ प्रतिशतले घटेकोमा मङ्सिरमा केही सुधार देखिएको हो ।

यस्तै मङ्सिरसम्ममा देशको शोधनान्तर स्थिति अर्थात् भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँले बचतमा थियो ।

यस्तै देशको चालु खाता घाटा तीन खर्ब रुपैयाँ नाघेको छ । गएकाे वर्षको मङ्सिरसम्ममा १९ करोड ६६ लाख रुपैयाँ मात्रै घाटामा थियो । साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा विदेशी मुद्राको सञ्चिति एक अर्ब ७२ करोड डलरले घटेको छ । मङ्सिरसम्म आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने एक खर्ब दुई अर्ब ९२ करोड रहेकाले पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP