Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हुम्लामा झण्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु : एक व्यक्तिले चार किलो मात्रै चामल पाउने

हुम्ला – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ ।आजदेखि खाद्यान्न वितरण थालिएको हो । एक व्यक्तिले चार किलो मात्रै चामल पाउने खाद्य व्यवस्था कम्पनी शाखा हुम्लाले जनाएको छ ।  

समयमै चामल ढुवानी नहुँदा हुम्लाका नागरिकले अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदै आएका थिए । हरेक महिना पाउनुपर्ने चामल समयमै ढुवानी नहुँदा नागरिक मर्कामा परेका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा झण्डै ६० हजार नागरिक समस्यामा परेका छन् । 

तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । 

लिमिटेडले गोदाममा चामल मौज्दात जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारीमा वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन भएको छैन । 

तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नुपरेको थियो । चामल लिन लिमिटेडको शाखामा पुग्दा आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । 

नागरिकता पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताउनुभयो । आजदेखि ४ किलो चामल वितरण गरेको भए पनि पूरै महिनाको चामल पाउनुपर्ने माग गरी सिमकोट १ र २ का नागरिकले आन्दोलन थालेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP