Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

२० देखि २४ लाख डाेज खोपको तथ्याङ्क नै भेटिएन : स्वास्थ्य सचिव

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी गराउनुभयो ।

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि खोप अनिवार्य रहेको र सबै नागरिकलाई खोपको तत्काल व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । त्यसैगरी गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकालाई घरघरैमा पुगेर खोप लगाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो । 

समितिले होल्डिङ सेन्टर छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका सङ्क्रमण हुन नदिन कडा निगरानी गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसकी सांसद एवम् पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले निःशुल्क पीसीआर टेष्ट गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । बैठकमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP