Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा : गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ। ‘कोरोना संक्रमणदर दिनानुदिन बढ्दो छ,’ अध्यक्ष जोशीले भने, ‘मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले संक्रमण झनै फैलनसक्ने जोखिमपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो।’

उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए। बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने अध्यक्ष जोशीले बताए।

‘शुक्रबारदेखि मन्दिर आउने जोकोहीले मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगीमार्फत मात्र पूजाआजा गर्न पाउँछन्‚’ उनले भने, ‘मन्दिरभित्र पसेर भने पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ।’

मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP