Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

नेपाली भूमि मिचेको प्रकरण : माथिल्लो निकायमा पत्राचार गर्ने सहमति

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिका– ५ स्थित पाठामारी बासिन्दाको जग्गाधनी पुर्जा भएको नेपाली भूमि भारतले मिचेको विषयमा स्थानीय प्रहरी, प्रशासनसँगै भारतीय सुरक्षाकर्मीले समेत घटनाप्रति गम्भीरतापूर्वक चासो देखाएको छ।

थाहाखबरमा माघ ३ गते ‘सीमाको समस्या : धनीपुर्जा नेपालको, हक भारतको’ शीर्षकमा समाचार प्रकाशित भएको  थियो।  समाचार प्रकाशित भएको दुई दिनपछि बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियन कम्पनीका संयुक्त टोलीले सीमा विवाद देखिएको जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए।

​सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भक्तबहादुर थापा, बिओपी पाठामारीका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) दिलीप श्रेष्ठ, प्रहरी चौकी पाठामारी प्रहरी सहायक निरीक्षक भरत कोइराला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियनका डिएसपी जयप्रकाश सिंह र पीडित जग्गाधनीसहित टोलीले विवादित जग्गाको निरीक्षण गरेका थिए।

जग्गा निरीक्षण गर्दै एसएसबीले जिपिएसबाट नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाको रेखाङ्कन हेरेका थिए। जिपिएसले हाल नेपाली भूमिमा गाडिएको सीमा पिलर नदेखाएको उपस्थिति जग्गाधनीहरू बताउँछन्। नेपाली भूमिमा गाडिएको ११२ र ९ देखि ११२ र १३ सम्मको सीमा पिलर शङ्कास्पद देखिएकोले घटनास्थलमै दुवै देशका सुरक्षाकर्मीबिच मौखिक भद्र सहमति भएको छ।

हाल जोत भोग गर्दै आएको जमिनमा नेपाली कृषकले नै खेतीपाती गर्ने, त्यस जमिनमा आएर एसएसबीले अवरोध नगर्ने र पुनः सीमा सर्वेका लागि दुवै देशका सुरक्षाकर्मीले माथिल्लो निकायमा लिखित पत्राचार गरेर विवादित जग्गाको टुङ्गो लगाउने विषयमा एक प्रकारको मौखिक सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपजंग कार्कीले जानकारी दिए।

एसपी कार्कीले सो जग्गाको मङ्गलवार नै स्थलगत निरीक्षण गरेका थिए। उनले सो विवादित जग्गाको विषयमा जिल्ला स्तरीय सुरक्षा निकायको बैठकमा राख्ने बताए।

जग्गाको बारेमा सञ्चारमाध्यमबाट समाचार बाहिरिएपछि जिल्ला स्तरीय प्रहरी, प्रशासन र भारतीय एसएसबीले छुटाछुटै रुपमा चासो देखाएर घटनास्थल पुगेको बताइएको छ।

कचनकवल–५ पाठामारी निवासी सहदेवसिंह राजवंशी र उनका भाइ गोविन्द राजवंशीका आमा फागनी राजवंशीको नाममा रहेको एक विगहा चार कट्ठा, मुनालाल गणेशको बुबा वेङ्गा गणेशको नाममा रहेको १५ कट्ठा, कुसुमलाल गणेशको नाम रहेको १० कट्ठा, हरिलाल यादवको १ विगहा ८ कट्ठा, श्यामबती देवी यादवको २ कट्ठा गरी करिब ६ विगहा जमिन ७ कट्ठा जग्गा भारतले खेतमै पिलर गाडेर कब्जा गरिसकेको उनीहरू बताउँछन्।

पुरानो दशगजाको बाटो त्यतिकै छ। त्यहाँ कुनै खेतीपाती लगाइएको छैन। त्यो बाटो नै अन्तर्राष्ट्रिय सीमा छुट्टाउने मुख्य बिन्दु हो। त्यहाँबाट अहिले पनि गाउँवासी आउजाउ गरिरहेका छन्। तर, दशगजादेखि करिब ३०० मिटरभित्र करिब ५ वर्ष अघि खेतमै लगेर सीमा पिलर गाडेर हामीमाथि राज्यबाट दमन भएको उनीहरूको गुनासो छ। ११२र७ देखि ११२र१४ सम्मको सिधा रेखाकंन मात्र गुगल म्यापले अन्तर्राष्ट्रिय सीमा छुट्टाएको देखिन्छ।

त्यसबाहेकको पिलर सबै शङ्कास्पद छ। यता भारतले नेपाली भूमि कब्जा गरेको भन्दै स्थानीयबासीले कचनकवल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP