Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शुद्धोधनमा क्वारेन्टाइन बसेका ४९ जना भोकै ।

कपिलवस्तु

विश्वव्यापी रुपमा तिब्रताका साथ फैलिरहेको कोरोना संक्रमणका नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्यो । सोहि अनुसार कपिलवस्तु प्रशासनले भारतबाट आउने नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र सोको लागि सेवा सुविधा सहित क्वारेन्टाइन बनाउन सबै १० वटा स्थानीय तहलाई निर्देशन दियो । लगत्तै सबैले क्वारेन्टाइन बनाए । भारत तथा तेश्रो मुलुकबाट क्वारेन्टाइनमा आइ बसेकाहरुले सेवा सुविधा त के खान पिउन समेत पाएका छैनन् । कारागारमा पाइने सुविधा समेत नपाएका ति क्वारेन्टाइनमा बस्नेहरु अहिले घर जान खोजिरहेका छन् ।

जिल्लाको शुद्धोधन गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा भारतबाट आएका ४९ जनालाई राखिएको छ । निगरानीका लागि १४ दिन सम्म बस्नुपर्ने भन्दै उनीहरुलाई क्वारेन्टाइनमा त राखियो तर कुनै सुविधा दिइएको छैन । “एउटा गम्भीर घटनाको अपराधीलाई २ छाक खाना दिइन्छ तर हामीलाई यहाँ राखे देखि खाना त के चिया समेत दिइएको छैन” वडा नं.३ का बालगोबिन्द चौधरीले भन्नुभयो । क्वारेन्टाइनमा बसेका अर्का शुद्धोधन २ नन्दनगरका रामचन्द्र चौधरीले ५ किमी टाढाबाट आमाले खाना ल्याएर दिने गरेको बताउनुभयो । दिउसो १ घण्टा हिडेर घरबाट खाना आउछ, २ बजे खाना खान्छौ , बचाएर त्यसैलाई राती खान्छौ, शुद्ध पिउने पानी छैन, शौचालय पनि दुर्गन्धित छ, लामखुट्टे लाग्छन् , गर्मी बढेको छ, पंखा छैन कसरी बस्ने” उहाले भन्नुभयो । गुनासो गर्ने बालगोबिन्द र रामचन्द्र दुबै शुद्धोधन ६ टिटिहिरीया स्थित कालीमाई प्रा.वि. क्वारेन्टाइनका हुन् । उनी जस्तै त्याहा रहेका ७ जनाको पीडा एउटै छ । गाउँपालिका भरी ६ स्थानमा क्वारेन्टाइन् राखिएको छ । तर खाजा, खाना, सफा पानी, क्वारेन्टाइनको सरसफाई तथा व्यवस्थापन छैन । अरु त अरु त्यहा प्रहरी बाहेक स्वास्थ्यकर्मी र अन्य जिम्मेवार व्यक्तिहरु समेत छैनन् ।

शुद्धोधनमा अर्को रोचक तथा डरलाग्दो घटना सार्वजनिक भएको छ । क्वारेन्टाइनमा बस्ने अधिकांश व्यक्तिहरु भारतबाट आएका हुन् । उनीहरु संगै सयौ व्यक्ति आएका थिए । तर वडा अध्यक्ष, सदस्यहरुले क्वारेन्टाइन बस्न पर्दैन भन्दै तापक्रम मापन गरेर उनीहरुलाई घर लगेको क्वारेन्टाइनबा बसेका रामचन्द्रले भन्नुभयो । “हाम्रो कोहि ठूलो मान्छे नेता छैन, चिन्दैनौ त्यसैले यहाँ राखेको छ, अरुलाई नेताको जिम्मामा घर पठायो” उहाले भन्नुभयो । गाउँपालिका अध्यक्ष निसार खाँनले क्वारेन्टाइनका लागि खाना बनाउने दिने र व्यवस्थापन गर्ने व्यक्ति नपाएको हलुका अभिव्यक्ति दिनुभएको छ । कोरोना लाग्छ भन्दै कोहि आउन मान्दैनन् के गर्ने ? उहाले भन्नुभयो । शंकास्पद व्यक्तिहरुलाई जनप्रतिनिधी र नेताले जिम्मामा घर लगेको बारे गुनासो आएको बताउदै यसबारे आवश्यक छानबिन गरिरहेका बताउनुभयो ।

शुद्धोधन ६ टिटिहिरीया स्थित कालीमाई प्रा.वि.मा ७ जना राखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP