Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने

काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।

विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्यून चापीय प्रणाली मंगलवारदेखि कमजोर हुँदै जाने र त्यसपछि मात्रै आकाश पूर्ण रूपमा खुल्ने महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ । महाशाखाले  सोमबारसम्म अत्याधिक चिसो बढ्ने अनुमान गर्दै चिसोबाट बच्न र हिमपातबाट जोगिन सतर्क गराएको छ ।

बितेका केही हप्तामा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुग्ने क्रम रहँदा धेरैलाई रुघाखोकी तथा चिसोका कारण देखिने स्वास्थ्य समस्या पनि बढेको छ । कोरोनाभाइरसका लक्षणसँग मिल्दोजुल्दाे स्वास्थ्य समस्या चिसो बढेसँगै बढ्ने हुँदा थप सतर्क हुन आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जाडो बेलामा रुघाखोकी लाग्ने र कडा खालको निमोनिया भएर ज्यान समेत जान सक्ने भएकोले स्वास्थ्यको ख्याल गर्नुपर्ने कोभिड अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले बताउनुभयो । चिसोमा घरबाट बाहिर ननिस्किन र न्यानो गरी बस्न उहाँको सुझाव छ ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP