Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

धवलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

बाग्लुङ – धवलागिरि अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुई पटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ‘ए’) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।

अहिले उत्कृष्ट भएको अस्पताल गएकाे आव र गएकाे असारमा भएको सर्वेक्षणका क्रममा समेत  अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरि अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।

 उहाँसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए । २०७७ सालका आर्थिक वर्षमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको यस अस्पतालले २०७८ साल असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो ।

पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो । सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी–कमजोरीलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अङ्क बढाउदै उत्कृष्ट भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

‘निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागलाई सुधार गर्दै लगिरहेका छौँ । जस्तै फोहरको वैज्ञानिक व्यवस्थापन, बरिरङ्ग सेवा, इमर्जेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमशः गुणस्तर वृद्धि गराउँदै लैजाँदाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।’सर्वेक्षणमा अस्पतालका स–साना कमी–कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिने काम भइरहेको छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा याे अस्पताल उत्कृष्ट हुँदै आएको छ । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ ।

यस अस्पतालको न्यूनतम सेवा मापदण्डको चालु आर्थिक वर्षमा स्थलगत अनुगमन गरिएको थियो । प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसारका काम भए/नभएको र देखिएका कमी–कमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको सुझावअनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धवलागिरि अस्पतालले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP