Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

एसईई वैशाखमा हुने परीक्षा बोर्डको भनाइ

काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ । अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने उहाँले उज्यालोलाई जानकारी दिनुभयो । वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उहाँले बताउनुभयो ।

यसअघि मङ्सिरमा तालिका सार्वजनिक गरेर चैतमा एसईई परीक्षा हुने गर्थ्याे । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षमा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP