Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

शुक्लाफाँटा आरक्षबाट विस्थापितलाई ज्यान जोगाउनै मुस्किल

कञ्चनपुर : शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ। उनीहरू बस्दै आएका शिविरमा जंगली हात्तीले दैनिक पुगेर विध्वंश मच्चाउन थालेपछि विस्थापित परिवार सुरक्षित आश्रयको खोजीमा लागेका छन्।

गत महिना ढक्कका शिविरमा हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराज रानाको मृत्यु भएको छ। माघ १ गते कृष्णपुर नगरपालिकाको किचाईका ससुरालीमा पाहुना आएका २२ वर्षीय वीरू राना हात्तीको आक्रमणबाट घाइते भए। रानाको उपचार भइरहेको छ। त्यसपछि पनि जंगली हात्तीको बथान शिविरमा छिर्दै आइएको छ।

हात्तीको डरले रात अनिँदोमै रात काट्नु पर्ने बाध्यता रहेको नरपता साउदले बताइन्। ‘जंगली हात्ती खानाको खोजीमा दैनिक शिविरमा छिर्ने गरेको छ‚’ उनले भनिन्, ‘हात्ती शिविरमा छिरेको बारे जानकारी गराउनका लागि पालैपालो पहरा दिने गरेका छौं।’

कठयाङ्ग्रिँदो चिसोका बेला राति जाग्राम बस्दा धेरै जना बिरामी समेत परेको उनले बताइन्। चिसोमा आगो ताप्न दाउरा चाहिने भए पनि निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ल्याउन नदिएको साउदको गुनासो छ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले यस्तो चिसोका बेला दाउरा समेत ल्याउन दिदैन‚’ नरपताले भनिन्, ‘चिसोमै रात काटदै आएका छौं।’

निकुञ्जमा भारतीय दुधुवा नेशल पार्कबाट आउने हात्तीको संख्या बढ्दो रहेको छ। संख्या बढेसँगै शिविरमा छिरेर हात्तीको बथानले मानवीय, भौतिक र खाद्य वस्तु खाएर समस्यामा पार्दै आएको उनको भनाइ छ।

गत महिना हात्तीले झोपडी भत्काउँदा एक दर्जन परिवार प्लाष्टिमुनि रात काट्न विवश भएको आरक्ष पीडित जिल्ला संघर्ष समितिका सल्लाहकार संयोजक गोविन्द नेपालीले बताउँछन्। ‘निकुञ्जबाट आउने हात्तीले अन्नबाली केही राख्दैनन्। अब ज्यान समेत लिन थाले‚’ उनले भने, ‘ज्यान जोगाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ।’

हात्तीले झोपडी भत्काई त्यसभित्र राखेको खाद्यान्न सबै खाएर सखाप पारेको‚ लगाउने, ओढ्ने कपडा, भाँडाकुडा समेत कामै नलाग्ने बनाएको नेपालीको भनाइ छ। ‘पीडामाथि पीडा थापिएको छ। कुनै निकायबाट अहिलेसम्म राहत पाएका छैनौं‚’ उनले भने, ‘शिविर नजिकको स्थानीय तहमा राहत माग्न जाँदा हाम्रो क्षेत्रमा पर्दैन निकुञ्जभित्र पर्छ भन्छन्। निकुञ्जले अतिक्रमणकारीको संज्ञा दिँदै चासो दिँदैन।’

सरकारले आफूहरूलाई शरणार्थीलाई जस्तै व्यवहार गरेको संघर्ष समितिका सल्लाहकार संयोजक नेपालीको गुनासो छ। उनका अनुसार जनगणनाका बेला पनि गणना गर्ने टोली शिविरमै छिरेन।

‘तत्कालीन शुक्लाफाँटा आरक्षबाट विस्थापनमा परेको दुई दशक बित्यो। जंगली जनावरको आक्रमण, राज्यबाट उपेक्षित भएर बस्न बाध्य पारिएको छ‚’ नेपालीले भने, ‘शरणार्थीलाई जस्तै हामीमाथि व्यवहार गरिएको छ।’

उनले मानव अधिकार र मौलिक हकबाट विस्थापितहरूलाई बञ्चित गरिएको दाबी गरे। ‘बाँच्न पाउने अधिकार समेत खोसिएको छ। जंगली जनावरबाट ज्यान जाँदा समेत सुरक्षित पार्ने कार्य गरिएको छैन‚’ उनले भने‚ ‘वर्षौंसम्म ज्यान जोखिममा राखेर निकुञ्जमा बस्ने रहर छैन। बाध्य पारिएको छ। त्यसैले छिटो गास, बाँस, रोजगारी र आवाससहितको पुनः स्थापन गरिनु पर्छ।’ धेरै आयोग बने विस्थापितमाथि राजनीति गर्ने माध्यम मात्रै बनाएको नेपालीले आरोप लगाए।

आरक्ष विस्तार गर्ने क्रममा २०५८ सालमा विभिन्न ठाउँबाट गरी विस्थापनमा परेका परिवार ११ वटा शिविरमा बस्दै आएका छन्। तीन वटा शिविर निकुञ्ज क्षेत्रमा पर्छ। जसमा ढक्कामा ६०४, तारापुरमा १५५ र बेलडाँडीको लल्लरे डाँडामा १३ परिवार गरी ७७२ परिवार निकुञ्ज क्षेत्रमा बस्दै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP