Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बारामा जन्ती बोकेको रथ दुर्घटना : दुईको मृत्यु, १३ जना घाइते

पर्सा : बाराको आदर्श कोटवाल गाउँपालिका-३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो।

आदर्श कोटवाल-३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका-७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो।

ब्राह्म बाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ तीव्र गतिका कारण अनियन्त्रित भई एउटा रुखमा ठोक्किएको स्थानीयहरूले बताएका छन्। बेहुला भने रथमा नचढेकाले सकुशल रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP