Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी

कैलाली-खुला सीमानाकाबाट चोरी–तस्करी  बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो ।

भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए ।  “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ ।”

 उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको  बताए । सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले पुसमा रु एक करोड ७७ लाख  ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ । भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन ।

असोजामा रु एक करोड ६५ लाख ५० हजार, कात्तिकमा रु एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा रु एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा रु एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा रु एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा रु एक करोड १० लाख ९६ हजार १९४ राजस्व सङ्कलन गरेको छ । 

प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख शाह बताउँनुहुन्छ । उहाँका अनुसार साउनमा रु एक करोड ७२ लाख २० हजार ८८५ र भदौमा रु एक करोड ९० लाख नौ हजार ७३४ राजस्व सङ्कलन भएको थियो ।

साउन र भदौमा रु एक करोड २२ लाख ५४ हजार र एक करोड ६५ लाख ९७ हजार राजस्व सङ्कलनको लक्ष्य थियो । रु २० करोड ५८ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा रु सात करोड ७२ लाख ६९ हजार ६८७ मात्रै सङ्कलन गरेको कार्यालय प्रमुख शाह बताउँनुहुन्छ ।

उहाँले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताए । उनले भने, “एकातिर आर्थिक मन्दीको असर पनि प¥यो । अर्कातिर सीमानाका खुला हुँदा दैनिक उपभोग्य सामानको लागि भारतीय बजार जानेका कारण नेपाली बजारमा कारोबार कम भएकाले पनि भन्सारको राजस्वमा असर परेको देखिन्छ, सीमानाकामा कडाइ हुनसक्यो र आयात हुने सामान भन्सार भएर आउने वातावरण बन्यो भने वार्षिक लक्ष्य भेट्टाउन त्यत्ति गाह्रो छैन ।”

गत आवमा सीमानाकामा भएको कडाइका कारण भन्सारले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । रु १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकामा भन्सारले रु १५ करोड ८३ लाख सात हजार ९७३ राजस्व सङ्कलन गरेको थियो । – रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP