Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

भिजिट भिसाकाे दुरुपयोग नगर्नुहाेस् : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्। मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै गृहमन्त्री खाँणले भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकहरूले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरेका हुन्। त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न खाँणले सचेत गराए। उनले वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए।

खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरूलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए।

उनले भने,‘भिजिट भिसामा गएकाहरूले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले। त्यो पनि समस्या छ। कामका लागि गएका तर काम नपाएकाहरूको पनि समस्या छ। यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषद्‍मा कुरा राख्नु भएको छ। यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ। भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो। त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो। यसमा सरकार लागि परेको छ। श्रम स्वीकृति लिएर जानेहरूका लागि पनि सहज वातावरण बनाउने काम हामी सबैको हो।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि बिचौलियाहरूले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गरे।

उनले यूएइमा घरेलु कामदार महिलाहरूको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको औंल्याए।

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहोर्‍याए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP