Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उपत्यकामा आजदेखि हट्यो सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबार उपत्यकामा जोरबिजोर प्रणाली लगाएको थियो। उक्त निर्णय व्यावहारिक नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसालाई हटाएको हो।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा विद्यालय भने माघ मसान्तसम्म बन्द गर्न भनिएको छ। विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP