Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ताकाे लागि विवरण माग

काठमाण्डाै – कोरोना महामारीका कारणका बुवाआमा गुमाएका बालबालिकालाई मासिक भत्ता दिनको लागि काठमाण्डौ महानगरपालिकाले विवरण माग गरेको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको आमाबुवा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले मासिक भत्ता दिने निर्णय कार्यान्वयनको लागि काठमाण्डौ महानगरपालिकाले वडा कार्यालयहरुबाट विवरण माग गरेको हो । महानगरपालिकाले विवरण भर्नुपर्ने ढाँचा पनि पठाएको छ ।

विवरणमा बालबालिकाको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र, बुवा आमा दुवैको मृत्युदर्ताको प्रमाणपत्र, बुवाआमा दुवैको मृत्यु कोरोनाकै कारण भएको भन्ने अस्पतालबाट प्रमाणित कागजात र सम्बन्धित वडाको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।

राजेन्द्र पाण्डे मूख्यमन्त्री बनेपछि वाग्मती प्रदेश सरकारले काेराेनाका कारण बुवाआमा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP