Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कुष्ठरोगको ‘उच्च जोखिम’ मा झापा र मोरङ, छैन प्रदेश १ मा सेवा केन्द्र र अस्पताल

झापा : प्रदेश १ मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनुपर्ने बाध्यता छ।

प्रदेश १ का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी छन्। कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका छन्। 

गत आव ०७७/७८ मा प्रदेश १ मा ३ सय ८५ नयाँ बिरामी देखिएका छन्।

प्रति १० हजार जनसंख्याको आधारमा नेपालकै तेस्रो जिल्लाका रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९ औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत कुष्ठरोगी भेटिएका छन्।

प्रदेश १ का २ जिल्ला कुष्ठरोगको उच्च जोखिम रहे पनि प्रदेशमै कुष्ठरोग सेवा केन्द्र र अस्पताल नभएको कुष्ठरोग मिसन अस्ट्रेलियाका झापा जिल्ला कार्यक्रम संयोजक परशुराम पोखरेलले जानकारी दिए।

गत आव ०७७/७८ मा झापामा ९८ कुष्ठरोग लागेका बिरामी फेला परेको हो। चालू आवको पुस मसान्तसम्म ३६ जना बिरामी भेटिएका छन्। 

त्यसमध्ये २१ जनालाई उपचारका लागि धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्र र ललितपुर लेलेस्थित कुष्ठरोग मिसन नेपाल आनन्दवन अस्पताल पठाइएको कार्यक्रम संयोजक पोखरेलले बताए। 

‘नियमित औषधि सेवन गर्नेलाई समस्या छैन, औषधि सेवनपश्चात् पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या देखा परेकालाई उपचारका लागि सेवा केन्द्र वा अस्पताल चाहिन्छ,’ उनले भने, ‘त्यस्ता बिरामीलाई धनुषा वा ललितपुर पठाउनु बाध्यता छ।’

प्रदेश १ को झापामा कुष्ठरोग सेवा केन्द्र स्थापनाका लागि पहल भइरहेको उनले बताए। 

‘शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ नाराका साथ स्वास्थ्य कार्यालय झापाले आइतबार ६९ औं विश्व कुष्ठरोग दिवसमा गरेको पत्रकार सम्मेलनमा जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले आव ०७७/७८ मा देशभर २ हजार १ सय ९७ बिरामी उपचार रहेको बताए।

रेड जिल्लामा रहेको झापामा ०७५/७६ मा २ सय १२, ०७६/७७ मा १ सय ४०, ०७७/७८ मा ९८ र चालू आवको पुससम्म ३६ जना बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा आएको उनले बताए।

जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिकामा १९, बाह्रदशी गाउँपालिकामा १०, कमल गाउँपालिका ९, बिर्तामोड र भद्रपुर नगरपालिकामा ८/८ जना बिरामी भेटिएको हो।

विश्वमै सबैभन्दा बढी कुष्ठरोगका बिरामी छिमेकी राष्ट्र भारतमा रहेको बताउँदै उनले भने, ‘खुला सिमानाका कारण तराईका जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्याङ्कले पनि पुष्टि गरेको छ।’ 

कुष्ठरोग निवारणका लागि सरकारले सन् २०३० सम्म समय तोकेको छ।

‘सरकारको एक्लै प्रयासले यो अभियान सफल हुँदैन, कुष्ठरोगका लक्षण देखिएका व्यक्ति स्वयम् स्वास्थ्यकर्मीको सम्पर्कमा आउनु पर्छ,’ उनले भने, ‘छुवाछुत र समाजका कारण अहिलेसम्म कुष्ठरोग लागेका व्यक्ति उपचारमा आउन नचाहेको हो।’

स्वास्थ्यकर्मीले उनीहरूलाई उपचारसँगै औषधि सेवनको दायरमा ल्याउन घरदैलो अभियान पनि सञ्चालन गर्दै आएका छन्।

कोभिडका कारण पछिल्लो २ वर्ष अभियान सञ्चालन गर्न नसकेको उनले बताए।

‘कोभिड र कुष्ठरोग एकै प्रकार रोग हो,’ उनले भने, ‘दुवै रोग श्वास प्रश्वासको माध्यमबाट सर्छ, त्यसैले समयमा उपचार गराउन स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहोस्।’

यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ।

समयमै उपचार हुन नसके रोगी अपाङ्ग हुने र ज्यानसमेत जान सक्ने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP