Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

खोप चिस्यान प्रणाली सुधारका लागि नेपाललाई जापान सरकारकाे सहयाेग

काठमाण्डाै – जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधारका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।  

यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान गरेको हो । प्रदान गरिएका सामग्रीले नेपालमा कोरोनाविरुद्धको खोपको गति बढाउन सहयोग पुग्ने यूनिसेफले जनाएको छ । 

यी सामाग्री गएकाे वर्षदेखि नै नेपाललाई प्रदान गर्न सुरु गरिएको र हिजो आइतवार पूरा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललाई प्रदान गरेका सामग्रीको सञ्चालन र मर्मत पनि यूनिसेफले नै गरिदिनेछ । 

नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोरोनाको तेस्रो लहर फैलिएको यो समयमा नेपाललाई प्रदान गरिएका सामग्रीले महामारी रोकथाम तथा खोपको भण्डारण र वितरण क्षमतामा व्यापक सकारात्मक नतिजा दिन सक्ने बताउनुभयो । नेपाललाई प्रदान गरिएका वाक इन कुलर यातायातको माध्यमबाट सजिलै अर्को ठाउँमा लैजान सकिने र बिजुली नभएको ठाउँमा सोलार रेफ्रिजेरेटरको सहायताले खोप भण्डारण गर्न सकिने हुँदा सहज हुने र खोपको पर्खाइमा रहेका नागरिकसम्म खोप पुर्‍याउन सहज हुने पनि राजदूत किकुताले बताउनुभएको छ । 

जापान सरकारले कोरोनाविरुद्ध लड्न नेपाललाई खोप, एम्बुलेन्स, विभिन्न चिकित्सा सामग्री र १० अर्ब रुपैयाँभन्दा धेरै सहुलियत ऋण पनि दिइसकेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP