Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

काठमाडाैं : खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.शिलु मानन्धर नियुक्त भएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिस गरेको तीन जनामध्ये मानन्धरसहित मनप्रसाद वाग्ने र ईन्द्र कार्कीको नाम सिफारिस गरेकाे थियाे।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति प्राप्त गरेको छ। खुल्ला विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. लेखनाथ शर्माको चार वर्षे कार्यकाल गत जेठ १८ गते सकिएको थियो।

त्यसपछि मन्त्रालयले असारदेखि विज्ञान संकायका डिन प्रा.डा. इन्द्रबहादुर कार्कीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियाे। उनको डिनको पदावधि पनि माघ २ गते सकिएकाे छ।

नयाँ उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति बनाउने कानूनी व्यवस्था छ।

सोही व्यवस्थाअनुसार तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पालामै गठन भएको कार्यदलले उपकुलपतिका लागि सम्भावित ३ जनाको नाम मन्त्रालयमा बुझाएको थियो।

सरकार परिवर्तनसँगै शिक्षामन्त्री पनि परिवर्तन भएपछि ती व्यक्तिको नाम मन्त्रिपरिषद्‍मा  पेस हुन सकेकाे थिएन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP