Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो, उपभोक्ताको लागि मूल्य तय हुन बाँकी

काठमाण्डाै – सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ ।

किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि हिजो मूल्य बढाएको हो । दूधको लागत मूल्यसमेत नउठेको भन्दै केन्द्रीय दूग्ध सहकारी सङ्घ लिमिटेडले मूल्यवृद्धिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिले दिएको  प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । विगतमा हरेक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP