Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अव्यवस्थित पसल र टहरा १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउन १५ दिनको समय दिएको छ। कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउन कोषले भनेको हो। आज सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ। 

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहार जन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको सूचनामा उल्लेख छ। 

पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहराहरू र वनकाली वन गणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजा सामग्री पसल, पूजा भाडा पसलहरू यसअघि कोष र त्यस क्षेत्रमा सञ्चालित पसलवालाहरूसँग भएको सहमति बमोजिम कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरूले कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालन गर्न भनिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP