Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्याग्दी खोला जलविद्युत्‌को सुरुङ खन्न सुरू

म्याग्दी : निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्न सुरू गरिएको छ। ​दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरूङ आइतवारदेखि खन्न सुरू गरिएको हो। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ।

आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध तथा पावरहाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुनेछ। उनले भने‚ ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ।’

आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणलाई तीब्र गतिमा अगाडि बढाउने बताए। उनले अर्को महिनादेखि सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुने जानकारी दिए।

प्रवासमा रहेका म्याग्देलीहरूको आयोजनामा मुख्य लगानी रहेको छ। धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गरेको हो।

मालिका गाउँपालिका–७ बिम र वडा नम्बर ५ देवीस्थान र धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ। सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १०० मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युत् गृहमा खसालिने आयोजनाले बताएको छ।

३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माणमा ५ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP