Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।

महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनाको खोजीकार्य गरेकोमा आइतबार मध्यराति फेला पारेको जनाएको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए। हिउँ खेल्ने क्रममा उनीहरू हराएको प्रहरीले जनाएको छ।

हिउँ खेल्न गएका छोराछोरी हराएपछि राति साढे ८ बजे आफन्तले प्रहरीमा खबर गरेका थिए। वर्ष २३ की रिता गुरुङ, वर्ष १५ का सौभाग्य, वर्ष १३ का सहज, वर्ष ११ की जेनिसा, वर्ष ७ की एरविन हिउँ खेल्न जाँदा हराएका हुन्। 

उनीहरूको खोजीमा प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन गुल्म सामाखुसीसमेत गरी ३७ जनाको टोली खोजी कार्यमा जुटेको थियो।

पाँच घण्टाको लामो खोजी पश्चात् उनीहरूलाई चन्द्रागिरी जंगलबाट सोमबार बिहान सवा १ बजे फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP