Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ग्यासबाट भन्दा सस्तो हुने गरी मल उत्पादन गर्न बिजुली दिन तयार छाैँ : मन्त्री भुसाल

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताउनुभएको छ । कृषि मन्त्रालयमा आज सोमवार भएको छलफलमा उहाँले दीर्घकालीन एवम् राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभित्र ऊर्जाको रूपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।’ लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री भुसालले भन्नुभयो, ‘हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यहीभित्र नाफा, व्यापार खोजौँ । मेरो विनम्र आग्रह छ ।’ 

जलविद्युत् प्रयोग गरेर मल कारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘हामी आवश्यकताअनुसारको बिजुली उपलब्ध गराउन तयार छौँ । जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि बिजुली दिन तयार छौँ ।’ ऊर्जाकै कारणले मल उत्पादनमा लागत महँगो हुने स्थिति आउन नदिने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, ‘ऊर्जाकै कारणले महँगो हुने स्थिति आउँदैन, त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।

डलर खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, ‘हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावी पुस्ता, दिगो विकास लक्ष्य, विश्व सामु हामीले गरेका प्रतिबद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ ।

’देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उहाँले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको अवस्थामा स्वच्छ ऊर्जा विद्युतलाई बाइपास गरेर अरू देशहरूले निरुत्साहित गरेको प्रविधिमा हामी जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बिजुली उत्पादनबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने बताउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सात वटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्ने गरी अगाडि बढ्नुपर्छ ।’  उहाँले चाँडोभन्दा चाँडो नेपालमा मल कारखाना स्थापना गरेर किसानलाई आश्वत तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाका लागि पनि मल कारखाना स्थापना महत्त्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूरगामी हिसाबले पनि जलविद्युत् नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ ।’ 

नेपालमै मल कारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो  । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP