Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्थ मन्त्रालयले सेनालाई भन्याे : काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ लाई बजेट अभाव हुँदैन

काठमाण्डाै – अर्थ मन्त्रालयले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेट अभाव हुन नदिने बताएको छ । याे आयोजना बनाउने जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । 

आज बुधवार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । तर त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई उहाँले सचेत गराउनुभयो । 

सहसचिव सुवेदीले यथार्थपरक योजना नआउँदा याे आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समस्या भइरहेको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय महत्त्वकाे आयाेजना हो । तर यथार्थपरक याेजना ल्याइदिनु पर्‍याे । बजेटको अभाव हुन्न ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्न आग्रह गर्नुभयो । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसका लागि बजेटको अभाव हुन नदिने विषयमा अर्थ मन्त्रालयसँग पटक–पटक छलफल गरिएको पनि बताउनुभयो । 

रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ । रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाँच अर्ब, आउँदाे आर्थिक वर्षमा ५५ अर्ब ५० करोड, आर्थिक वर्ष २०७९/८० मा ४५ अर्ब ६६ करोड र आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ५२ करोड रुपैयाँ बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग माग गर्नुभयो ।

झन्डै एक खर्ब ७५ अर्ब रुपैयाँ बजेट लाग्ने याे आयोजना २०८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना समयमै सम्पन्न हुने दोहोर्‍याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP