Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जुम्लामा हिउँमा फसेका ३४ जनाकाे उद्धार

जुम्ला – हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जनाकाे पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयवासीकाे समन्वयमा हिउँमा फसेकाहरूकाे हिजाे बुधवार उद्धार गरिएकाे हाे । 

गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए । 

गएकाे माघ २३ गते उनीहरूकाे उद्धार गर्न स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हेलिकप्टर पठाइएको थियो । तर बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न खसालेर हेलिकप्टर फर्किएकाे थियाे ।   

यसैबीच हिजाे सुरक्षा निकाय, प्रशासन, गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनाकाे उद्धार गरिएकाे हाे । साथै पाटनमा रहेका सयाैँ भेडाकाे पनि उद्धार गरिएकाे प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP