Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुटवल–नारायणघाट सडक खण्डमा बढी रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन

काठमाण्डाै : बुटवल–नारायणघाट सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काटिएकाले बढी रुख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । 

प्रतिनिधि सभा अन्तर्गतकाे विकास तथा प्रतिनिधि समितिको आज शुक्रवारको बैठकले बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ ।

निर्देशन दिँदै समिति सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डीपीआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुख काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गर्ने र त्याे कामलाई स्वीकृत गर्ने पदाधिकारीमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

त्यसैगरी बैठकले छिमेकी देशबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक गाडीले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तु बोके/नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएकाले त्याे समस्या समाधान हुने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । निर्माण सामग्रीहरूको सहज उपलब्धता हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।

यस्तै समितिले आफूबाट स्थलगत अध्ययन, अवलोकन भ्रमण भइ तयार पारिएको नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अध्ययन, अवलोकन भ्रमण प्रतिवेदन २०७८ र मदन भण्डारी लोकमार्गको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७८ लाई पारित गर्ने निर्णय गरेकाे छ । साथै पारित प्रतिवेदनले निर्दिष्ट गरेका विषयमा कार्यान्वयनका लागि त्याे प्रतिवेदन सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरूमा पठाउने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP