Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

काठमाण्डाै – गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ ।

प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ ।

यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरभन्दा बढीमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ । ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क नलाग्ने प्रदेश सरकारले जनाएको छ ।

दुई सय मिटर कटेपछि हरेक दुई सय मिटरमा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५ पैसा भाडा तिर्नुपर्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP