Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापाको चाउचाउ कारखानामा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

काठमाण्डाै – झापाको मेचीनगर नगरपालिका-१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२ वटा भन्दा धेरै दमकलकाे प्रयोग गरिएको थियो । 

मनषा थाइफुड्सले  उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान झण्डै साढे ४ बजेदेखि विद्युत् सर्ट भएर आग्लागी भएकोमा अहिले बेलुका साढे ४ बजेतिर मात्रै नियन्त्रणमा आएको हो । 

अहिले पनि नियन्त्रणका क्रममा प्लाष्टिकतिर  झिल्काहरु छुटेको हुन सक्ने र त्यसले आगलागी हुन सक्ने भन्दै तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ  ।  

आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक बुद्धि घिमिरेले बताउनुभएको छ ।  

आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको प्रहरीले जनाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालकले अनुमान गरेको भए पनि यकिन तथ्याङ्क भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP