Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापामा रोकिएन प्रतिबन्धित र बेदर्ता औषधिको कारोबार

झापा : नेपालमा प्रतिबन्धित र दर्ता नभएका भारतीय विभिन्न कम्पनीका औषधि तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन। 

विशेष गरी दक्षिणी झापाको कचनकवल, बाह्रदशी र झापा गाउँपालिकासँग जोडिएका सीमा नाकाबाट तस्करले प्रतिबन्धित र दर्ता नभएका भारतीय औषधि नेपाली बजारसम्म ल्याउने गरेको खुलासा भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापा मातहत रहेका कचनकवल-१ स्थित अस्थायी प्रहरीचौकी कुट्टीबाट खटिएका गस्ती टोलीले मंगलबार राति साढे ११ बजे करिब ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरेसँगै यस्तो खुलासा भएको हो। 

भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजना पुरुष बोरा बोकेर शङ्कास्पद तवरले पैदल हिँडिरहेको अवस्थामा प्रहरीलाई देख्नासाथ उनीहरूले प्लास्टिकका बोरा छाडेर भागेका थिए।

बोरा खोलेर हेर्दा भारतीय विभिन्न ब्रान्डका औषधि बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। 

बरामद औषधिमा ट्रामोल क्याप्सुल १४६० पत्ता, मेनिफोरस ट्याब्लेट १२० पत्ता, मोन्टास् एल १५२ पत्ता, क्युरवेल २१० पत्ता, ल्यावडिक रिलिफल जेल ५५ पत्ता, पेजोम डी ट्याब्लेट ४८० पत्ता, एसिलोफेल्म ८० पत्ता, गुड हेल्थ ४४३ पिस, जेडसि टायब्लेट १०० पत्ता, रिलिफ ट्याब्लेट ८८ पत्ता, फेक्जोबल ट्याब्लेट ८० पत्ता, भाइवेल २०० पत्ता, मोटीवक एलसी २६० पत्ता, भोविसन १०० पत्ता, रेन मक्स १५० पत्ता, इन्ट्रावक ५० पत्ता, जी गोल्ड २० पत्ता लगायत रहेका छन्।

बरामद औषधिलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने डिएसपी पाठकले बताए। 

यता औषधि व्यवस्था विभाग विराटनगर शाखाका निमित्त प्रमुख सञ्जीव शर्मा (कट्टेल)का अनुसार प्रहरीले बरामद गरिएका औषधि नेपालमा प्रतिबन्धितदेखि दर्ता नभएकासम्म जानकारी दिए।

‘ट्रामोल क्याप्सुल नेपालमा प्रतिबन्धित हो, अन्य औषधि मल्टिभिटामिन, दाद, छाला, खोकी, पेनकिलर जस्ता छन्, त्यो नेपालमा दर्ता छैन’, उनले भने। 

बरामद गरिएका औषधिमा यौनवर्धक औषधि पनि छन्। एक औषधि व्यवसायका अनुसार खुला सीमा नाकाको फाइदा उठाउँदै नाम चलेका औषधि पसलले यसरी भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याउँदै आएका छन्।

त्यो धन्दा अझै रोकिएको छैन। भारतको सिलिगुडीमा औषधिको अक्सन बजार नै छ। नेपालमा १० रुपैयाँ पर्ने औषधि, अक्सन बजारमा एक रुपैयाँमा खरिद गरिन्छ।

त्यहाँ खरिद गरिएका औषधि झापाका विभिन्न नाका प्रयोग गरेर काठमाडौँसम्म लैजाने गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP