Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आउँदाे पाँच वर्षमा सडकदेखि बिजुलीसम्म उल्लेख्य सुधार हुनेछ : योजना आयोगका उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले आउँदाे ५ वर्षमा सडकदेखि बिजुलीसम्म पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुने बताउनुभएको छ ।

काठमाण्डौ–निजगढ फास्ट ट्र्याकमा २०८१ साल पुषसम्ममा टनेल बनिसक्ने र यसका लागि सरकारले आर्थिक समस्या नहुने विश्वास दिलाएकाले केही वर्षमै सम्पन्न हुने दिशामा रहेको उहाँको भनाइ छ ।

विकास निर्माणमा पाँच वर्षपछिको नेपालबारे सामाजिक सञ्जालमा उपाध्यक्ष पौडेलले सडक विभागले नारायणगढ–पथलैया सडक विस्तारको तयारी गरेको, इनरुवादेखि काँकडभिट्टा खण्डको सडक चौडा गर्न लागिएको र त्यसमा एक सय किलोमिटर प्रतिघण्टाका दरले मोटर गुडाउन मिल्ने गरी बनाउन प्राविधिकलाई सल्लाह दिएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार पूर्व-पश्चिम राजमार्गको कमला–कञ्चनपुरको सप्तरी खण्डमा सडक चौडा पार्ने काम सुरु भएको छ । यस्तै बुटवल–नारायणघाट खण्ड सडक विस्तार अबको साढे दुई वर्षमा सक्ने, काठमाण्डौ–पोखरा खण्ड चार लेनका रुपमा विकास हुँदै गरेको पनि उहाँले बताउनुभएको छ ।

नवलपरासी दाउन्नेमा टनेल मार्ग बन्ने पनि निश्चित रहेको र यी सडक विस्तारपछि यात्राको दूरी छोट्टिने उहाँले बताउनु भयाे। अघिल्लो सरकारले ध्यान पुर्याउन सकेको भए जापानले अहिले भक्तपुरको सूर्य विनायकदेखि धुलिखेल खण्ड द्रुतमार्गका रूपमा विकसित गर्ने काम हुन्थ्यो तर केही गल्ती भएको उहाँको टिप्पणी छ।

अघिल्लो सरकारले गरेको गल्तीलाई सुधारेर फेरि ट्र्याकमा ल्याउन मेहनत भइरहेको उपाध्यक्ष पौडेलले बताउनुभयो । वीपी राजमार्गको खुर्कोटबाट सुरुङ मार्ग बनाउनेबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अबको दुई/तीन वर्षभित्र नेपालका सबै घरधुरीमा बिजुली पुग्नेछ।

बिजुली पुग्न बाँकी झण्डै तीन लाख घर रहेको अनुमान छ । उहाँले विदेशमा रहेका, शिल्प भएका र व्यवसाय गर्ने जोस भएका, नेपालीलाई नेपाल फर्कन र सके व्यवसाय सुरु गर्न आग्रह पनि गर्नुभएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP