Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मातृभाषा संरक्षणमा चुनौती, ४० प्रतिशत भाषा सङ्कटमा

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् ।

अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको संवाहक हो ।

मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन । नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।

आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा प्रयोगबाट समेत छुट्दै गएकाले यी भाषाहरु सङ्कटमा परेको भाषा आयोगका अध्यक्ष लबदेव अवस्थीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ ।

आयोगका अध्यक्ष अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यी भाषा संरक्षणका काम सुरु गरेको बताउनुभयो । सङ्कटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् ।

मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP