Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

दुर्घटनामा चार जनाको मृत्यु भएपछि नगरपालिकामा शोक बिदा

बैतडी : बैतडीको पाटन नगरपालिकाले मंगलबार शोक बिदा दिएको छ। 

सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा ३ विद्यार्थीसहित ४ जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।  दुर्घटनामा विद्यार्थीको मृत्यु  भएकोले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

नगरपालिकाले सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन  नगरपालिका ३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त  र पाटन नगरपालिका ३ कै ४५ वर्षीय जनकराज पन्त  रहेका छन्।

राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेहरुमा पाटन नगरपालिका ३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन्।  

उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकोले धनगढी रेफर गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ।

गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर सोमबार अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो।  विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो। 

दुर्घटनाग्रस्त टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो।  दुर्घटना लगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए। 

टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP