Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो। 

हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। बुधबार बाटो निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी र आन्दोलनरत स्थानीयबीच सहमति भएपछि फोहोर उठाउन बाटो खुल्ने भएको हो। ठेकेदार कम्पनीले बाटो समयमै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाएको राईले बताइन। 

बुधबार ११औँ दिनमा सहमति भएको छ। आन्दोलनरत पक्षका माग सम्बोधन गर्न ठेकेदार कम्पनी सहमत भएको छ। बिहीबारबाट फोहोर पठाइदिने सहमति भएको छ,’ राईले भनिन्, ‘बिहीबारदेखि उठाउन थाल्छौँ।’

११ दिनदेखि थुप्रिएको फोहोर एकैचोटि भने उठ्ने छैन। उनका अनुसार बिहीबारदेखि यसअघि नै लोड गरेर राखिएका फोहोरका गाडी पठाइनेछ। ती गाडी सँगसँगै केही ठाउँको फोहोर बिहीबारदेखि नै उठान थालिनेछ।११ दिनदेखि फोहोर बिसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ। शहरका चोक र गल्लीमा दुर्गन्ध फैलिएको छ।

२०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयबासीले आन्दोलन गरेकाले फोहोर बिसर्जनमा अवरोध हुँदै आएको छ। महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गर्दै आए पनि समयमै काम सम्पन्न नहुँदा पटक–पटक समस्या आउने गरेको छ। १८ स्थानीय तहको फोहोर बिसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख राईको भनाइ छ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP