Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ।

मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेको  विज्ञप्तिमा उल्लेख छ। 

समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो।

समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ। समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुङ्गेलले बताए। समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलोपटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP