Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तीन दिनसम्म देशको विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीवार बिहान देशका विभिन्न भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १‚ कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर मौसम बदली रही सूदूरपश्चिम, लुम्बिनी र बाँकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागती र प्रदेश १ का अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागमा भने हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिवार सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागती र प्रदेश १ का केही स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। पहाडी र हिमाली भू-भागका केही स्थानहरूम हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP